जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै भएको ओलीको दावी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै भएको दावी गर्नुभएको छ ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुन्ने पार्टी एमालेमात्रै रहेको र समस्याहरुको समाधान गर्ने बताउनुभएको हो ।

उहाले समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिडिरहेको एमाले दृढ संकल्पका साथ समृद्धिका लागि प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । सडक निर्माण देखि अन्य पूर्वाधार निर्माणमा एमाले नेतृत्वको सरकारले साधारण काम गरेको उहाले बताउनुभयो ।

सुुनकोशी मरिण डाइभरर्सनका कारण देखिएका समस्यालाई पनि समाधान गर्दै आयोजनालाई अघि बढाउनुपर्नेमा उहाले जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्