जाडो मौसममा आफ्नो सौन्दर्यको यसरी ख्याल राख्नुहोस् चमक आफै बढछ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २४ । जाडो मौसम सुरु भई सकेको छ जाडो मौसमको सुरुवातसँगै छालाको प्रकारमा पनि परिवर्तन हुन थाल्छ। यो मौसममा हाम्रो अनुहारको छाला लगायत अन्य भागको छालामा पनि विशेष ख्याल राख्नु पर्दछ । यो मौसममा हाम्रो छालाहरु फुट्ने, रुखो र खस्रो हुने हुँदा यसले हामी सौन्दर्यमा नै असर पार्छ ।यस बेलामा तैलीय छाला परिवर्तन भएर साधारणमा तथा साधारण छाला परिवर्तन भएर सुख्खा हुन्छ। यसरी बढी सुख्खा भए छाला फुस्रो देखिनुका साथै चाउरीपन देखा पर्छ ।

जसले गर्दा उमेर नपुग्दै बूढोजस्तो देखिन थालिन्छ । त्यसैले समयमै आफ्नो अनुहारको स्याहार गर्नुपर्छ । यसकारण जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन निम्न उपायहरु अपनाउन सकिन्छ ।

१. बदामको बोक्रालाई सुकाएर पिस्ने र त्यसमा एक एक चम्चा बेसार, बेसन, चिया दही तथा मह मिसाएर पेस्ट बनाई लगाउँदा अनुहारमा भएको चाउरीपन हट्नुका साथै चमक पैदा हुन्छ।

२. गहुँको रोटीलाई उमालेकोे दूधमा भिजाएर लेप बनाउने र अनुहारमा लगाउने । १० मिनेटपछि चिसो पानी अथवा दूधले भिजाउने अनि ५ मिनेटजति मसाज गर्ने त्यसपछि सफा पानीले पखाल्ने । सातामा एकपटक यो विधि अपनाउँदा छाला नरम एवं चम्किलो हुन्छ।

३.यदि छाला चाउरी परेको र सुख्खा छ भने पाकेको केराको गुदी सातामा २/३ पटक लगाउने वा त्यसले मसाज गर्ने। यसो गर्नाले अनुहारको छाला नरम हुनुका साथै चाउरी पर्न रोकिन्छ ।

४. तुलसीको पातको रस, दूध र घिउकुमारी मिसाएर दिनहुँ प्रयोग गर्नाले चायाँ –पोतो कम हुन्छ ।

५. अनुहार घामले डढेको छ भने सुन्तलाको बोक्राको धूलो, बेसन तथा कागतीको रसलाई काँचो दूधमा मिसाएर पेस्ट बनाउने । सातामा दुईपटक अनुहारमा लगाएर १५:२० मिनेटसम्म राख्ने। यसो गर्नाले अनुहार सेतो हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्