पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम अनुमोदन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ मंसिर ।  संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रश्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रश्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र अनुभवसहितको कार्ययोजनामाथि छलफल गरी प्रश्तावित राजदुत नेपालको नाम बैठकले अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति ९ज्येष्ठ सदस्य सभापति० पशुपति समशेर जबराले जानकारी दिनुभयो । गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि बैठकमा प्रश्तावित राजदुत नेपालले आफ्नो कार्ययोजना प्रश्तुत गर्दै राजदूतावासको स्थापना र सेवा प्रवाहको कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने बताउनुभयो ।

सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्