नेपाल सुपर लिगमा आज धनगढी साथै ललितपुर तथा झापा र पोखरा खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

१६ मंसिर, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स खेल्नेछन् । यो खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको धनगढी र दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा नै हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्