नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझी थुनामै, बालकृष्ण खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मंशिर । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुव गृह मन्त्री बालकृष्ण खाँणकाे बिषयमा राय बाझिएकाे छ ।

उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडकाे सबालमा भने न्यायधिसहरूका बिचमा राय बाझिएकाे छ । जसका कारण तेस्राे न्यायधिसलाइ फैसाला गर्न आजदेश दिइएकाे छ । अदालतको आदेश अनुसार अब खाँडले जेलबाहिर बसेर नै मुद्धा लडन पाउने बाटो अझै खुलेको छैन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलीपल्ट अदालतले फैसाला सुनाएकाे हाे ।

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायधिस बिचमा राय बाझिदाँ तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा फैसाला आएको हो । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्