एनएसएलमा आज वीरगञ्ज र चितवन खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १५ मंशिर ।  नेपाल सुपर लिग ९एनएसएल० मा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन खेल्दैछन् ।

यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।

चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् । चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग एकरएक गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो ।

वीरगञ्ज पहिलो खेलमा धनगढीसँग दुई–एक गोलले पराजित भएको थियो ।

दोस्रो संस्करणको एनएसएल प्रतियोगितामा नौ वटा टोली सहभागी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्