राष्ट्रियसभा निर्वाचन कार्यतालिकाः मंशिर २९ सम्म दल दर्ताकाे समयसिमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मंशिर । आगामी माघ ११ गते हुन गईरहेको राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्बजनिक भएको छ । 

निर्वाचन आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार मंशिर २९ गतेसम्म राजनीतिक दलले दल दर्ता गराईसक्नु पर्नेछ । 

२०८० माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारबाट मिति २०८० माघ १३ मा निर्वाचनको मिति घोषणा भए पश्चात निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि आयोग तयारीमा लागेको जनाएको छ । सो तयारी स्वरुप आयोगबाट २०८० माघ १४ मा निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको हो ।

‘स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ ।’ 
 

स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । साथै, २०८० पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। 

आयोगका अनुसार २०८० माघ ११ गते विहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म मतदानको कार्य सञ्चालन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्