काठमाडौं, ७ मंशिर । स्थानीय बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तीन दिनसम्म बढेको सुन बिहीबार भने स्थिर भएको हो।
मूल्य स्थिर रहेसँगै आज छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। त्यस्तै तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यस्तै चाँदी पनि स्थिर रहेर आज तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।











