बालबालिकालाई भिटामिन ए खुवाइने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , ६ कात्तिक । आगामी कार्तिक १७ र १८ गते राष्ट्रिय “भिटामिन ए“ कार्यक्रमअन्तरगत बालबालिकाहरुलाई “भिटामिन ए“ र जुकाको औषधी खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।उक्त दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार यही कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गरिने भनिए पनि दशैं परेकाले आगामी कात्तिक १७ र १८ गते देशभरका बालबालिकालाई भिटामिन ए“ र जुकाको औषधी खुवाउने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्