एएफसी कप छनाेट : पहिलाे हाफमा मच्छिन्द्र ३–१ ले अघि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ साउन ।  एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालकाे शहीद स्मारक ‘ए’ डिभिजन लिगकाे मच्छिन्द्र फुटबल क्लबले भुटानको शीर्ष डिभिजन लिग च्याम्पियन पारो एफसीसँगकाे खेलमा अग्रता लिएकाे छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भइरहेकाे खेलमा पहिलाे हाफ सकिँदा नेपालले ३–१ गाेलकाे अग्रता लिएकाे हाे । खेलकाे छैटाैँ मिनेटमा पाराेले अग्रता लिए पनि मच्छिन्द्रले उत्कृष्ट पुनरागमन गर्दै अग्रता लिएकाे हाे ।

पाराेका लागि काजुओ हाेमाले गाेल गरे । मच्छिन्द्रका लागि १२ अ‍ौँ मिनेटमा विमल घर्तीमगर, १५ औँ मिनेटमा आयुष घलान र ३९ औँ मिनेटमा गाेल गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्