अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने (अटोप्राइस) प्रणाली कार्यान्वयन सफल हाेला ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ असार ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) प्रणाली कार्यान्वयनमा ल्याउन तयारी शुरू गरेकाे छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा  स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरेकाे छ ।साउन १ गते  बाट लागु गर्ने हिसाबले सरकारले तयारी स्वरूप  अाइतबार नेपाल आयल निगमकाे बैठक बस्ने तयारी रहेकाे छ ।

स्वचालित मूल्य (अटोप्राइस) प्रणाली भन्नाले नेपालमा भारतबाट अाउने मुल्य सुचीका अाधारमा नेपालमा थपघट हुने प्रणाली भनेर बुझ्न सकिन्छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने व्यवस्था हाे ।

निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि स्वचालित मूल्य कार्यान्वयनमा गर्न सकेकाे छैन । साउन महिनादेखि स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले  घाेषाणा गरेकाे छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिने निगमले जनाएको छ ।

२०७१ सालमा निगम ३६ अर्ब ऋणमा रहेको थियो ।नाफा हुँदा पनि इन्धनमा न्यून मूल्य घटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गरेका छन् । हिजाे भरखर भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्