काठमाडौँ, २ असार । आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ । एसीसी वुमन्स इमर्जिङ कपको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे मङककमा सुरु हुनेछ ।प्रतियोगिताको समूह ए मा रहेको नेपाल पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा भने भारतसँग अंक बाँडेको थियो ।
पानी परेका कारण खेल हुन नसके पछि अंक बाँडेको नेपालसँग हालसम्म अंक १ रहेको छ ।











