मिसन ग्रास रूट अभियानले ५१ प्रतिशत जनमत प्राप्त हुन्छः एमाले सचिव रायमाझी

खबर बुक
  • ख-
  • ख
  • ख+

अर्घाखाँची, फागुन  २० । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले मिसन ग्रास रूट कार्यक्रम अभियानले आगामी निर्वाचनसम्ममा न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभएको छ ।

प्रेस चौतारी अर्घाखाँची शाखाले शनिबार सन्धिखर्कमा राखेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उहाँले पार्टीले सरकारको नेतृत्व गर्ने किसिमले दुई महिने संगठन सुदृढीकरण अभियान (मिसन ग्रास रूट) को संचालन गरेको बताउनुभएको हो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले आगामी निर्वाचनमा स्थानीय ,प्रदेश र संघको निर्वाचनमा पार्टीले न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्