खोटाङ, ११ माघ । खोटाङमा यात्रुबहाक बस दुर्घटना भएकाे छ ।
काँकरभिट्टाबाट खोटाङतर्फ यात्रु लिएर आउँदै गरेको बस नुनथलामा दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बसमा चालक सहित १९ यात्रु सवार रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइते यात्रुहरूलाई जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि लगिएको छ।









