काठमाडौं, १२ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पौष २२ मा बस्ने भएकाे छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पौष २२ गते शुक्रबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएकाे हाे ।
केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा सम्बन्धमा प्रस्ताव प्रस्तुत साथै समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने उहाँले जानकारी दिनु भयाे











