देउवाले गर्ने भए सुदूरपश्चिम कांग्रेस अधिवेशनको उद्घाटन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

मंसिर १५ गतेदेखि सुरु हुने दुईदिने प्रदेश अधिवेशनको उद्घाटनका लागि देउवा आफ्नो गृहप्रदेश सुदूरपश्चिम जाने कार्यक्रम तय भएको प्रदेश सभापति वीरबहादुर बलायरले जानकारी दिएका छन् ।

बलायरका अनुसार कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा मंसिर १५ गते बिहान ११ बजेदेखि उद्घाटन समारोह सुरु हुनेछ ।

अधिवेशनअघि सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन् ।

यसैबीच, पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ नियमित महाधिवेशन तयारी समिति गठन गरेको देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्