सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ।

सिंहदरबारस्थित विज्ञान प्रविधि मन्त्रालय अगाडि केहीबेरअघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद कार्कीको बागमती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो।

स्रोतका अनुसार सांसद कार्कीको गाडी रोकिराखेको अवस्थामा दक्षिण गेटतर्फबाट आउँदै गरेको यूएनडीपीको गाडीले ठक्कर दिएको थियो।

ट्राफिक प्रहरीका अनुसार घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्