काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबारका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार अपराह्न ४ बजेदेखि बैठक बस्ने तय भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल हुने र आवश्यक निर्णय गरिनेछ।










