रास्वपा सांसद सुनारको आईजीपीविरुद्धको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध संसद्मा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ।

सभामुख डोलप्रसाद अर्यालले २०८३ भदौ २६ गतेको प्रतिनिधि सभा बैठकमा सांसद सुनारले प्रयोग गरेको आपत्तिजनक अभिव्यक्तिको अंश अभिलेखबाट हटाउन मंगलबारको बैठकमा सचिवालयलाई निर्देशन दिएका हुन्।

सांसद सुनारले आईजीपी कार्कीमाथि करोडौँ भ्रष्टाचार गरेको आरोप लगाउँदै बर्खास्त गर्न सरकारसँग माग गरेका थिए।

सभामुख अर्यालले प्रतिनिधि सभा बैठकमा भने, ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि’ भन्ने वाक्यांशदेखि ‘आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’

सभामुखको निर्देशनपछि सुनारले आईजीपी कार्कीविरुद्ध संसद्मा प्रयोग गरेको उक्त अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्