काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति मजाक मात्र भएको दाबी गरेका छन् ।
रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले आफूले मतदातासँग जोक गरेको बताए ।
‘आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त ?’ उनले भने ।
गुरुङले चार महिनामै सबै चुनावी वाचा पूरा गर्न नसकिने विषयमा स्थानीय नेताहरूसँग छलफल भइरहेका बेला उक्त अभिव्यक्ति दिएको स्पष्ट पारे ।
गत साता गोरखाको नाम्जुङ पुगेका गृहमन्त्री गुरुङलाई स्थानीय पार्टी नेताहरूले स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने चुनावी वाचा सम्झाएका थिए । त्यसपछि उनले चार महिनामै सबै काम पूरा गर्न नसकिने भन्दै ‘भोट फिर्ता लैजानुस्’ भनेका थिए ।









