विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठक जारी रहेकै अवस्थामा विपक्षी बेन्चमा बस्ने जानकारीसहित प्रदेशसभा सचिवालयमा पत्र पठाइएको प्रदेशसभा सचिव सुदर्शन खड्काले बताए ।
कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसलाई सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत लिन आग्रह गरेका थिए । तर कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।









