रवि लामिछानेलाई बादलको चेतावनी– सरकार पुनर्गठन नगरे आन्दोलन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले पार्टीको प्रमुख नेताको हैसियतले सरकार पुनर्गठनको पहल गर्न लामिछानेलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमा सुधार नआए र लामिछानेले सरकार पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए ।

थापाले राष्ट्रियता र जनजीविकाका विषयलाई लिएर विगतका आन्दोलनभन्दा ठूलो जनआन्दोलन हुने दाबी गरे ।

उनले भने, ‘राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट ७, ४७ र ६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ । निश्चित आउनेछ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्