प्रधानमन्त्री बालेन शाहसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र उपलब्धि सुनिश्चित गर्न मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार मन्त्रीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित विषयमा कार्यसम्पादन सम्झौता गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्