सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

खबर बुक
  • ख-
  • ख+

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत मागेका थिए । बैठकमा सहभागी सांसदहरूमध्ये ४१ जनाले उनको पक्षमा मतदान गरेका थिए भने विपक्षमा ५ मत परेको थियो ।

सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको घोषणा गर्दै भट्टले विश्वासको मत पाएको जानकारी गराएका हुन् ।

नेकपाका २० तथा एमालेका ११ प्रदेशसभा सदस्यले भट्टको पक्षमा मतदान गरेका थिए ।

एमालेको समर्थनमा भट्ट गत शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्