१६ असार, काठमाडौँ । कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए ।
कोशी प्रदेशसभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताए ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ बजे बस्ने समय निर्धारण गरेका छन् ।










