प्रधानमन्त्री बालेन शाहबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण

खबर बुक
  • ख-
  • ख+

८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् ।

प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्