शेखर भन्छन्- पार्टीमा निरंकूशता र डरधम्कीको अवस्था छ

खबर बुक
  • ख-
  • ख+

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी भित्र निरङकुशता हावी भएको बताएका छन ।

आइतवार नेपाली काँग्रेस संस्थापन इत्तर समुहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय एकता भेलालार्य सम्बोधन गर्दै नेता अहिले मुलुकमा लोकतन्त्र धरापमा पर्दै गएको र निरंकुशता हाबी हुन खोजेको बताए ।

उनले भने,’काँग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रको अभाव र निरंकुशतावादी चरित्र बढ्दै छ । विनाकारण र स्पष्ट स्पष्टीकरण विना नै विभिन्न जिल्लाका वडा सभापतिहरूलाई पदबाट हटाइको छ ।’ उनले सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा कारबाही गरिनु निरंकुशताको प्रस्थानविन्दु भएको उनको आरोप लगाए ।

उनले भने,’ पार्टीभित्र र प्रदेश तहको राजनीतिमा अहिले त्रासको वातावरण सिर्जना गरिएको छ । यस्तो डर, धम्की र त्रासका बाबजुद मनको भय हटाएर कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका नेता तथा कार्यकर्ता आउनु भएको छ । कसैको धम्कीका कारण काङग्रेसीहरु डराउनु हुदैन ।

उनले पार्टीभित्र तीव्र विवाद र मतभेद भएपनि कुनै पनि हालतमा कांग्रेस फुट्न र फुटाउन नदिने बताए । उनले लोकप्रियता (पपुलिजम)मा रमाउने पार्टी नभएको स्पष्ट पार्दै पार्टीका कतिपय नेताहरू विश्वव्यापी रूपमा चलेको सस्तो लोकप्रियताको पछि कुद्नु चिन्ताजनक रहेको औंल्याए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्