एनसेल–अल्टिमा साझेदारी: ग्राहकलाई स्मार्टवाचदेखि इयरबडसम्म ६०% छुट

खबर बुक
  • ख-
  • ख+

२९ जेठ, काठमाडैं । एनसेल⁠ र अल्टिमा लाइफस्टाइल⁠ बीच भएको साझेदारीपछि एनसेलका ग्राहकहरूले अब अल्टिमाका विभिन्न ग्याजेटहरू खरिद गर्दा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन्।

यस सम्बन्धी सम्झौतापत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले हस्ताक्षर गरेका छन्।

यो अफरअन्तर्गत रु. ९९ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक प्रयोग गरिरहेका प्रिपेड ग्राहक तथा सक्रिय रेन्टल प्लान भएका पोस्टपेड ग्राहकहरू योग्य हुनेछन्। योजना अन्तर्गत खरिद गरिएका सामग्रीहरू नेपालभर डेलिभरी गरिने व्यवस्था गरिएको छ।

एनसेल एपमार्फत मात्र उपलब्ध यस सुविधाअन्तर्गत ग्राहकहरूले साउन्डबार, स्पिकर, वायरलेस इयरबड, स्मार्टवाच, पावर बैंक लगायतका अल्टिमा ग्याजेटहरूमा विशेष छुट पाउन सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकहरूले एनसेल एपको Partnered Services मा गई Ultima Lifestyle चयन गर्नुपर्नेछ। दर्ता गरिएको मोबाइल नम्बरमार्फत स्वचालित रूपमा योग्यता जाँच गरिने र छुटसहितको मूल्य एपमै देखिनेछ।

एनसेलका अनुसार योग्य नभएका ग्राहकहरूले रु. ९९ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गरेर यो योजनामा सहभागी हुन सक्नेछन्। योग्य प्याक वा रेन्टल प्लान सक्रिय रहुञ्जेल ग्राहकहरूले यो छुट सुविधा पटक–पटक प्रयोग गर्न सक्नेछन्।

“हामी हाम्रा ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सञ्चालनमा ल्याउन पाएकोमा उत्साहित छौं,” उपाङ्ग दत्ताले भने, “अल्टिमा लाइफस्टाइलसँगको सहकार्यले ग्राहकहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत गर्नेछ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्