प्रतिपक्षीको आपत्ति- प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुरूप भएन, छापामार शैली अपनाउनुभो

खबर बुक
  • ख-
  • ख+

१७ जेठ, काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिकरुपमा उपस्थित भएर केही सांसदहरुको प्रश्नको जवाफ दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएका छन् ।

संसद नियमावलीको पालनाअनुसार प्रश्नोत्तर नभएको उनीहरुको आरोप छ ।

प्रधानमन्त्री जवाफ दिएर हिँडेलगत्तै एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर बोल्न समय माग गरेका थिए । तर, सभामुखले समय नदिएपछि केहीबेर बादविवाद भयो । एमालेका ऐन महरलाई लगातार उठेर विरोध जनाइरहे । तर, सभामुखले एमालेकै गुरु बराललाई बोल्न समय दिए । बरालले प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आपत्ति जनाए ।

बरालपछि श्रम संस्कृति पार्टीका ध्रुवराज राईले प्रधानमन्त्री छापामार शैलीमा आएर केही प्रश्नको जवाफ दिएको तर आफूले प्रश्न सोध्न नपाएको बताए । त्यसपछि बोल्न समय पाएका एमालेका महरले ३ दिन अगाडि प्रश्न पठाउनुपर्ने नियम कतै पनि नभएको भन्ने सभामुखको भनाइमा नियमापत्ति जनाए ।

उनले सभामुखको यो अभिव्यक्ति नै संसदको रेकर्डबाट हटाउन माग गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्