सरकारले राजदूत नियुक्तिका लागि अङ्ग्रेजी भाषा अनिवार्य र विदेशी जागिर छाडेको १० वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड तोक्यो

खबर बुक
  • ख-
  • ख+

१४ जेठ, काठमाडौं । सरकारले राजदूत हुनका लागि अब अंग्रेजी भाषा जानेकै हुनुपर्ने र विदेशी मुलुकको जागिरे भए जागरी छोडेको १० वर्ष पुरा भएकै हुनुपर्ने मापदण्ड तय गरेको छ ।

नियुक्तिका लागि पहिलोटक गरेको खुला आह्वानमामा राजदूतका लागि चाहिने न्यूनतम योग्यताहरू निर्धारण गरिएको छ ।

अंग्रेजी भाषा बाहेक सम्बन्धित मुलुकको भाषा पनि जान्ने व्यक्ति भए त्यसलाई थप प्राथमिकता दिने उल्लेख छ । यदी कुनै व्यक्ति १० वर्ष यता कुनै विदेशी जागिरमा रहेको भए त्यस्तो व्यक्तिले राजदूत हुन पाउने छैनन् ।

प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको हुनुपर्नेछ । अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत रहेका व्यक्तिले पनि राजदूतका लागि दरखास्त दिन पाउने छैनन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, र प्रस्तावित देशको भाषा जानेका उम्मेदवारलाई प्राथमिकता दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्