पूर्णबहादुरको ब्रिफिङ- पार्टी विभाजनको डिलमा छ, गगन सिंगो कांग्रेसको सभापति बन्न सकेनन्

खबर बुक
  • ख-
  • ख+

२ जेठ, काठमाडौं ।   नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको ब्रिफिङ गरेका छन्।

पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अझै आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताए।

उनले भने, ‘म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु, विगतमा गिरिजाबाबुकै कारणले पार्टी फुट्यो, पछि मिलाएको पनि उहाँले नै हो। यो कुरा मैले गगन र विश्वजी भेट्न आउँदा भनेको छु। पार्टी फुटको डिलमा छ मिलाउने कि फुटाउने तपाईँहरूको जिम्मा छ भनेर।’
उनले अहिले सानेपामा आधा कांग्रेस मात्रै रहेको बताए।

उनले सभापति गगन थापालाई भने, ‘अहिले आधा कांग्रेस सानेपाबाट बाहिरै छ। तपाई सिंगो कांग्रेसको सभापति हुने कि नहुने ? सबैलाई एकताबद्ध गरेर सिंगो कांग्रेसको सभापति हुनुस्। अदालतले जिताएर हामीले सभापति मानेका छौँ। सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउनुस्।’

उनले नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको भन्दै कांग्रेस फुट्यो भनेर नरहने जिकिर गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्