११ वैशाख, काठमाडौं । जेनजी नेतृ रक्षा बमले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीप्रति असन्तुष्टि जनाउँदै सरकारलाई घुमाउरो चेतावनी दिएकी छन् ।
शुक्रबार मध्याह्न सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्तमान सरकारलाई ‘भरिन थालेको कच्चा घडा’को संज्ञा दिँदै अहंकार र हुल्लडवादले भरिएमा त्यसको अन्त्य फुटेर हुने बताएकी हुन् ।
‘अहंकार र हुल्लडवादले भरिएका हरेक घडा ढलेका छन्, फुटेका छन् । भरिन सुरु गरेको यो कच्चा घडा पनि ढल्नेछ, फुट्नेछ,’ उनले लेखेकी छन् ।
सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै उनले जनताको पीडामा रमाउनेहरूको खुसी धेरै समय नटिक्ने पनि उल्लेख गरेकी छन् ।
सरकारले काठमाडौंका विभिन्न सुकुम्बासी बस्ती खाली गराउने तयारी गरिरहँदा यसविरुद्ध राजनीतिक तथा सामाजिक स्तरमा आलोचना बढ्दै गएको छ ।










