महोत्तरी, १७ मंसिर।।नेपाल हस्तकला महासंघले आफ्नो स्थापनाको ५० औ स्वर्ण वर्ष मनाइरहेका छ । ५० औ स्वर्ण वर्षको अवशरमा महासंघले आज वल्ड साइक्लिस्टस् कलब् नेपाल सगंको सहकार्यमा सम्पदा अवलोकन साइक्लिङ्गकाे आयोजना गरेर मनाएको छ ।
सम्पदा अवलोकन स्लाइक्लिस्टस् कार्यक्रमले ऐतिहासिक सम्पदाको महत्व साथै कलाकृतिको विशेषताबारे उजागर गर्न र त्यसको सम्रक्षणमा सहयोगी भुमिका खेल्ने लक्ष्य राखेर आयोजना गरिएको बताइएको छ ।
आज बिहान ७ बजे बाट ललितपुरको मंगलबजारबाट साइक्लिङ्ग यात्रा शूरु भइ बंगलामुखि, बालकुमारी, कोटेश्वर, पेप्सीकोला, सिद्धिकाली हुदैँ भत्तपुर दरवार स्क्वायर पुगरेर सम्पन्न भएको छ ।









