काठमाण्डौं, १३ मंसिर । रामेछाप जिल्लाको मन्थली नगरपालिका ९ पुरानागाउँको बाङ्गेसल्लामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टका अनुसार अन्दाजी ६६ वर्षीया गंगामाया तामाङको गएराति चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
गंगामायाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनाको वास्तविकता प्रहरी अनुसन्धानपछि आउने तथा थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।











