क्रोयसियाको इभान्कोभोमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

भिम ओलि
युरोप, मंसिर १० । क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक जिल्ला धुलिखेल न।पा।–२ घर भै हाल इभानकोभो शहरको एक कम्पनीमा कर्यरत ३७ वर्षीय सन्तोष सापकोटा रहेका छन् ।
मृतक सापकोटा दिनभर कम्पनीको काम सकेर बेलुकी करिब चार बज्जे तिर नजिकैको भिन्कोभ्सी सहरमा दैनिक उपभोग्य सामान किनमेल गर्न गएका थिए ।
मृतक सापकोटा र उनका एक साथि किनमेल पछि आवशमा फर्किदै गर्दा रेलबाट सकुशल अर्लिएका थिए । ओर्लिए पश्चात रेलवे क्रस गर्ने क्रममा बिपरित दिसा बाट आएको रेलले ठक्कर दिदा सापकोटाको घटना स्थलमै ज्यान गएको छ ।
मृतक शरीर कम्पनी र भोकोभर प्रहरी कार्यलयको मातहतमा उदार गरिसकेको छ ,लासलाइ के गर्ने, कसरी नेपाल पठाउने भन्ने बारे केही जानकारी भने आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्