थप ७ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ मंसिर । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ७८ सक्रिय सक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्