नेपाल–भारत खुला सीमा बन्द गरी भिसा प्रणाली लागू गर्न हर्क साम्पाङको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल र भारतबीचको खुला सीमा बन्द गरी भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले खुला सीमाका कारण नेपाल र भारतबीच आवतजावत गर्ने नागरिकको यकिन तथ्यांक राख्न कठिन भएको बताए।

उनले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने नागरिकको व्यवस्थित अभिलेख राख्न पनि भिसा प्रणाली आवश्यक रहेको बताए।

खुला सीमाका कारण मानव बेचबिखनलगायत विभिन्न आपराधिक गतिविधि बढेको दाबी गर्दै साम्पाङले सीमा व्यवस्थापनलाई कडाइ गर्नुपर्नेमा जोड दिए।

उनले भने, “भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ, सील गरौँ।”

नेपाल–भारतबीचको खुला सीमा बन्द गरी आवतजावतलाई व्यवस्थित र अभिलेखबद्ध गर्नुपर्ने उनको माग छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्