काठमाण्डौं, १६ भाद्र । सुन र चाँदीको भाउ लगातार बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार सात सय रुपैयाँले बढेर २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार सुनको भाउ तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँ थियो ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर २ हजार ४ सय ७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय २५ रुपैयाँ थियो ।











