फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ साउन । छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ ।

महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण सेतो क्रिस्टल जस्तो देखिने चीजले छाला सफा मात्र गर्दैन् तर दागलाई बिस्तारै हल्का बनाउँछ।

फिटकिरीमा प्राकृतिक एन्टिब्याक्टेरियल र एस्ट्रिजेन्ट गुण हुन्छ । यसले छालालाई गहिरो रूपमा सफा गर्छ, मृत कोशिकाहरू हटाउँछ, छिद्रहरू कम गर्छ र छालालाई टोन दिन्छ। यसको प्रयोगले छालामा जम्मा भएको फोहोर, तेल र ब्याक्टेरिया कम हुन्छ, जसले गर्दा नयाँ दागहरू बन्ने सम्भावना कम हुन्छ।

फिटकिरी र पानी

  • एक गिलास पानीमा फिटकरीको सानो टुक्रा हालेर २–३ घण्टासम्म छोड्नु होस्।
  • यो पानीलाई कपासको सहयोगले अनुहारमा लगाउनुहोस्
  • १० मिनेटपछि सादा पानीले धुनुहोस्
  • हप्तामा दुई पटक प्रयोग गर्नुहोस्

फिटकिरी र गुलाब जल

  • एक चम्चा गुलाबजलमा फिटकरीको धूलो मिसाएर पेस्ट बनाउनुहोस्।
  • यसलाई दाग भएको ठाउँमा लगाउनुहोस्
  • र, १५ मिनेट पछि धुनुहोस्
  • यसले छालालाई टोन र उज्यालो बनाउँछ

फिटकिरी र कागती

  • आधा चम्चा फिटकिरी पाउडरमा केही थोपा कागतीको रस मिलाउनुहोस्।
  • दाग भएको ठाउँहरूमा लगाउनुहोस् र १० मिनेटको लागि छोड्नुहोस्
  • चिसो पानीसँग धुनुहोस्
  • यसले पिग्मेन्टेसन र कालो धब्बाहरूलाई हल्का बनाउँछ

फिटकिरी प्रयोग गर्दा सावधानीहरू

-फिटकिरीलाई सीधै छालामा लामो समयसम्म नराख्नुहोस्, यसले जलन हुन सक्छ
-संवेदनशील छाला भएकाहरूले प्याच टेस्ट गर्नु महत्त्वपूर्ण छ

  • फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोगखा वरिपरि फिटकिरी प्रयोग नगर्नुहोस्
  • हप्तामा २–३ पटक भन्दा बढी प्रयोग नगर्नुहोस् 

फिटकिरी अनुहारको दाग हटाउन सस्तो, प्राकृतिक र प्रभावकारी उपाय हो। यदी सही र नियमित रूपमा प्रयोग गरियो भने छाला केही हप्ता भित्रै सफा र चम्किलो देखिन थाल्छ। महँगो सौन्दर्य उत्पादनहरू अघि यो घरेलु उपाय अवश्य प्रयोग गर्नुहोस्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्