एमालेको पोलिटब्यूरो बैठक आज पनि बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ असार । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज (शनिबार) पनि बस्दै छ। बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजेबाट शुुरु हुनेछ। हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा। राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले धारणा राखेका हुन्। आज बाँकी सदस्यहरुले बोल्ने क्रम सकिए आजै नै बैठक सम्पन्न हुने गौतमले बताए।

शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम र विधानका बारेमा बालेका थिए। अध्यक्ष ओलीले देशको राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने कुरा गम्भीर भएकाले उचित समयमा निर्णय लिने बैठकलाई जानकारी गराएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्