काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो आजको बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने भएको छ ।बैठक दिउसो १ बजे बस्ने गरि बोलाइएको छ । बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन मा सहमति भएको छ।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव योगेश भट्टराईले जानकारी दिए ।











