पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किने घोषणा गरिसकेपछि छलफल हुनु जरुरी छ -योगेश भट्टराई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा जारी बैठकमा पार्टीको आसन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी छलफलको एजेन्डामा रहेको नेताहरुले जनाएका छन् । एमाले सचिव योगेश भट्टराईले विधान महाधिवेशनको सन्दर्भमा बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो ।

विधानको संशोधन प्रस्ताव, राजनीतिक प्रस्तावका साथै संगठनात्मक प्रतिवेदनलाई बैठकले अन्तिम रुप दिने उहाले बताउनुभयो । सचिवालय बैठकपछि पोलिट्व्युरो हुँदै केन्द्रीय समितिले दस्तावेजलाई पारित गर्ने उहाले बताउनुभयो । भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने घोषणा गरिसकेको अवस्थामा पार्टीभित्र उचित छलफल हुने बताउनुभयो । यस बिषयमा पार्टी अध्यक्षले नै पूर्वराष्ट्रपति भण्डारीसंग छलफल गर्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै उहाले मन्त्रीहरुमाथि लगाइएका आरोप सत्य हो भने पदीय जिम्मेवारीबाट हट्नुपर्ने र छानविन हुनुपर्ने बताउनुभयो । नेकपा एमालेको साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ । त्यसै गरी आगामी भदौ २०, २१ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्