देशमा आशा सञ्चार गर्ने वातावरण नाश भएकाले प्रतिभावानहरु पलायन हुने होकी भन्ने खतरा छ: मन्त्री पाण्डे

खबर बुक
  • ख-
  • ख+

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशमा आशा सञ्चार गर्ने वातावरण नाश भएर गएकाले प्रतिभावानहरु पलायन हुने होकी भन्ने खतरा रहेको बताएका छन ।

मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको बिभिन्न पुरस्कार बितरण कार्यक्रममा मन्त्री पाण्डले देश र समाजका लागि योगदान दिनेहरुले तथ्य र सत्यका आधारमा देशमा आशा सञ्चार गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए ।

उनले नेपालमा भएका धेरै सम्पदाहरुलाई विश्वभर चिनाउन सके धेरै भन्दा धेरै पर्यटकहरु भित्राउन सकिने धारणा राख्नुभयो । त्यस्तै मन्त्री पाण्डेले बिनासकारी भूकम्पबाट क्षति भएका ऐतिहासिक स्थलहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

संस्कृति सवै समाजको प्राणतत्व भएकाले सवैले आ–आफ्नो कला संस्कृतिको जगेर्नामा ध्यान दिन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा मन्त्रालयले एकलाख राशीको आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्राडा रामप्रसाद ज्ञवाली, दुई लाख राशीको इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार बेलायतका डा जोन ह्वेल्पटन, गोपालप्रसार रिमाल पुरस्कार भरत भण्डारी र किरण राई, शताव्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्राडा वीणा पौड्याल र सिद्धिचरण परस्कार प्राडा देवीप्रसाद नेपाललाई प्रदान गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्