शंकैशंकाको घेरामा वर्तमान सरकारले १ बर्ष बिताए -लेखनाथ दाहाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार ३१ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शंकैशंकाको घेरामा वर्तमान सरकारले १ बर्ष बिताएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधसभा बैठकमा बोल्दै सांसद दाहालले माफियाहरुको दवाव र प्रभावमा एमाले र कांग्रेस गठबन्धनको सरकार बनेको भन्दै सरकारको १ बर्ष प्रश्नैप्रश्न र शंकैशंकाको घेरामा बिताएको बताउनुभएको हो । पछिल्लो १ बर्षमा सरकारले गरेका हरेक निर्णयहरु विवादको घेरामा रहेको उहाले बताउनुभयो ।

उहाले हालैको बाढि÷पहिरोलगायतको विपत्तिमा समेत सरकार उदासिन देखिएकाले बेपत्ताको खोजि र राहतका ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै दाहालले रास्वपा र राप्रपाले लामो समयदेखि सदनमा विरोध जनाइरहेको अवस्थामा उनीहरुलाई समेत विश्वासमा लिएर सदन सञ्चालन गर्न सभामुखको समेत ध्यानाकर्षण गराउनुभयो ।

उहाले सरकारकै कारण महत्वपूर्ण विधेयकहरु अड्काइएको आरोप लगाउनुभयो । दाहालले घुस डिल सम्बन्धी अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्रीको राजीनामा आइसकेको अवस्थामा नाम मुछिएका अर्का मन्त्रीमाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्