काठमाडौं, ३१ असार। ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गरेका छन् ।
आज (मंगलबार) काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताएका छन् ।
मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको जिकिर गरे ।
ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताए ।
मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको उनको भनाइ छ।
उनले स्पष्ट उद्देश्यका साथ ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
उनले आरसीओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताए ।
भूमि प्राप्तिका समस्या छन् भने कानुन परिमार्जन गरेर अघि बढ्न सकिने उनले बताए ।
२८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने उनले बताए । विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने बताए ।











