सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धि:प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने बताएका छन।

शुक्रबार ललितपुरमा महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिए ।

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनले बताए । प्रधानमन्त्री ओलीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएको जिकिर गरे ।

त्यसैका लागि तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको उनको भनाइ छ ।

सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स, युएई दूतावासका प्रतिष्ठित प्रतिनिधि र नेताहरूको सहभागिता रहेको महिला उद्यमी महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्