अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ असार । आज अर्थ समितिको बैठक दुई दुई पटक बस्दैँछ ।

संघीय संसद अन्तर्गतको सो समितिको बैठक एकै दिन दुई पटक बस्न लागेको हो । 

जसअनुसार पहिलो सत्रको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गरिनेछ ।

उता दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल गरिनेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्