‘ल्हेन्दे खोलामा बाढीको कारण पत्ता लगाउन समस्या’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २५ । नेपाल-चीनको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहेकाले रसुवामा आएको भोटेकोशी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ। जल तथा मौसम विज्ञान विभागले बादलका कारण उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको छ।

विभागका अनुसार नेपाल र चीनको भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको हो। सोमबारदेखि मंगलबार २४ घण्टाको अवधिमा नेपाल-चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको विभागले जानकारी दिएको छ।

विभागका बाढीविद् विनोद पराजुलीले चीन तथा नेपालको भागमा रहेको कुनै पनि हिमताल फुटेको हुन सक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने आशंका रहेको बताए। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्