काठमाडौं, असार १७ । कैलालीमा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या गरिएको छ। जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीकी ८० वर्षीया मातादेवी शाहीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार बिहान सवा ८ बजे आफ्नै घरको सुत्ने कोठाको खाटमा उनको शव फेला परेको थियो। शाही घरमा एक्लै बस्दै आएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शाहीको छातीमा धारिलो हतियार प्रहार गरिएको र घाँटीमा समेत चोट लागेको पाइएको छ। अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुरको सहयोग लिइए पनि हत्या कसले गर्यो भन्नेबारे अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन।












