प्रतितोला १२०० रुपैयाँले बढ्यो सुनको मूल्य 

खबर बुक
  • ख-
  • ख
  • ख+

५ फागुन, काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला १२०० रुपैयाँले बढेर १ लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ। आज चाँदी आइतबारको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्